Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति १० बजे कालीगण्डकी करिडोर सडक खण्ड अन्तरगत पिपलडाँडाबाट हुँगी तर्फ जाँदै गरेको ग १४ प ३७४ नम्बरको मोटरसाइकल सडक खण्डदेखि झन्डै दुई सय मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा रम्भा गाउँपालिका–१ असर्दीका २८ बर्षीय हेमन्त जिटी छन् ।

मृतकको शव पोष्टमर्टमका लागि रामपुर अस्पताल पठाएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077