Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री कप : बागमतीसँग कर्णाली प्रदेश ७८ रनमै ‘अलआउट’

    प्रधानमन्त्री कप : बागमतीसँग कर्णाली प्रदेश ७८ रनमै ‘अलआउट’

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 351
    SHARES

    काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ७८ रनमा अल आउट गरेको छ ।

    बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालको उत्कृष्ट बलिङमा बागमतीले कर्णाली प्रदेशलाई ७८ रनमा अल आउट गरेको हो ।



    माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली २४.२ ओभरमा ७८ रनमा अल आउट भयो ।



    कर्णालीका विकेटकिपर अर्जुन घर्तीले १९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २३ रन बनाए । निश्चल रावल ४१ बलमा ३ चौकासहित १३ रनमा आउट भए ।

    अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर रविन्द्र शाही ३, दीपेन्द्र रावत १, विपिन शाही ६, आदित्य शाह १ र हिमान्शु शाही ६ रनमा आउट भए ।

    बागमतीका रिजन ढकालले ७ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । कृर्जन गुरुङले २, प्रतिश जि.सी, सूर्य तामाङ र विपिन आचार्यले १–१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार