Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : एपीएफलाई हराउँदै पुलिस शीर्ष स्थानमा

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत एपीएफ क्लबले नेपाल पुलिस क्लबसँग हार व्यहोरेको छ ।

सोमबार भएको खेलमा पुलिसले एपीएफलाई ५८ रनले पराजित गर्‍यो । एक सय ४६ रनको लक्ष्य पाएको एपीएफ ३४ ओभरमा ८७ रनमा अलआउट भयो ।

पुलिसका ललित राजवंशी एक्लैले ५ विकेट लिए । रसिद खानले २ र सागर ढकालले एक विकेट हात पारे । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २५ रन बनाए ।

अमर रौटेलाले २३ र प्रज्वल शाहीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । कप्तान रोहित पौडेल र विकेटकिपर लोकेश बमले खाता खोल्न सकेनन् ।

प्रदीप ऐरीले ४, पुरन विकेले १ र सुमित महर्जनले २ रन मात्र बनाउन सके । भुवन कार्कीले ४ रन मात्र जोड्न सके । ललितले ८ ओभरमा ४ मेडन राखेर ८ रन मात्र खर्चिएका थिए ।

त्यसअघि पुलिसले ४१ ओभरमा सबै विकेट गुमाएर एक सय ४५ रन जोडेको थियो । पुलिसका लागि दिलिप नाथले ४४, अर्जुन साउदले ३१ र शंकर रानाले २२ रन बनाएका थिए ।

जितसँगै पुलिस ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । ६ खेलबाट ८ अंक भएको बागमती प्रदेश दोस्रो स्थानमा छ ।

तीन खेल खेलेको सुदूरपश्चिमको ६ र ५ खेल खेलेको मधेश प्रदेशको पनि ६ अंक छ । एपीएफले ४ खेलमा २ हार र दुई जितको नतिजासहित ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077