Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साताको दोस्रो दिन ३१ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स १.२५ प्रतिशतले ओरालो लाग्यो।

दोहोरो अंकले घटेको बजारमा कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।

यसदिन ३०७ कम्पनीको १ कोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो कारोबार दिन आइतबार २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भएका थिए। अपर स्यांगे हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो।

मिड सोलु हाइड्रोपावरको ९.४६,आशा लघुवित्त वित्तीयको ६.६९,नगदी ग्रुपको ३.८१ र मैलुङ खोला जल विद्युतको २.८६ प्रतिशतले सेयर मूल्य बढेर कमाउने पाँच शीर्ष कम्पनीभित्र परे।

७८ करोड बढी मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077