Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मध्यरातमा महिलाको घरमै गई बलात्कार गर्न खोज्ने युवक पक्राउ

काठमाडौं । मध्यरातमा महिलाको घरमै गई बलात्कार गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सल्यानको दार्मा गाउँपालिका-४ स्थित भल्चौर घर भई हाल मित्रनगर बस्ने २९ वर्षीय बिक्रम थापा रहेका छन् ।

उनले एक युवतीलाई गत पुस १६ गते उनकै घरमा मध्यराति १२ बजे गएर बलात्कारको प्रयास गरेको र सो क्रममा प्रतिकार गर्दा उनी कुटपिट गरेर फरार भएका थिए ।

वैदेशिक रोजगारमा ठगी गरेको आरोप लागेका अर्का व्यक्ति अजय थापालाई खोज्ने क्रममा थापाको समेत मोवाइल हेर्दा शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानसँग समन्वय गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

थापाविरुद्ध सो घटनामा मुद्दा रहेको र उपस्थित गराई दिन भनि पत्राचार भएअनुसार पक्राउ गरेर सल्लान प्रहरीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077