Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘पर्सनल अट्याक’ गर्नु गल्ती थियो, क्षमा चाहन्छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन्।

सोमबार पत्रकार सम्मेलन गरेर रविले अघिल्लो पत्रकार सम्मेलनमा आफ्नो प्रस्तुत गलत भएको स्वीकार गरेका हुन् ।

नागरिकतामा कैफियत देखिएपछि उपप्रधानमन्त्री र गृहमन्त्रीबाट बाहिरिएका बेला उनले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि पनि आलोचना गरेका थिए।

सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले त्यसरी व्यक्तिगत तहमा उत्रिएर आलोचना नगरेको भए हुन्थ्यो भनेर महसुस गरेको बताए।

लामिछानेले भने,‘अघिल्लो प्रेसमिटमा मैले कतिपय साथीहरुलाई पर्सनल अट्याक पनि गरेको छु । आवेगवश त्यसको लागि क्षमा चाहन्छु ।’

२२ माघमा ०७९ मा पत्रकार सम्मेलन गरेर १२ भाइ सम्पादक भन्दै केही सञ्चारकर्मीको नाम लिएर आरोप लगाएका थिए ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा भने रास्वपा सभापति लामिछानेले आफू जिम्मेवार ढंगले प्रस्तुत हुन चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077