Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोली प्रहार गरी फरार रहेका सुटर समूहका महतो पक्राउ

बारा । गोली प्रहार गरी फरार रहेका सुटर समूहका एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला दर्पा थाना ग्राम पञ्चायत तिनकोटी वडा नम्बर ३ का २२ वर्षीय रुपेशकुमार महतो रहेका छन् ।

गत असोज ९ गते साँझ ६ बजेर १० मिनेटमा बाराको पचरौता नगरपालिका–६ नेपाल भारत सीमा नजिक लक्ष्मिनियास्थित पोखरी नजिकै भारतको मोतीहारीकै अजित कुमार सिंहलाई गोली प्रहार भएको थियो ।

महतोलाई पक्राउ गरी जिल्ला अदालत बाराबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077