Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री कप : कोशीले कर्णाली प्रदेशलाई दियो १५२ रनको लक्ष्य

    प्रधानमन्त्री कप : कोशीले कर्णाली प्रदेशलाई दियो १५२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 456
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि एक सय ५२ रनको लक्ष्य दिएको छ ।

    मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ३४.३ ओभरमा अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाएको हो ।



    कोशी प्रदेशका लागि चौथो नम्बरमा क्रिज समाल्न आएका सुजन थपलियाले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ७३ रनको योगदान गरे ।



    आक्रामक रूपमा प्रस्तुत भएका उनले ७३ बलको सामना गरी चार छक्का र आठ चौका पनि हिर्काएका थिए।

    तेस्रो नम्बरका ब्याट्सम्यान आशिष भट्टराई ११ रन बनाउँदै पभेलियन फर्किएका थिए । तल्लो क्रमका ब्याट्सम्यान सौजन घिमिरेले १२ रन जोडे।

    कोशी प्रदेशका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् । दुवै ओपनर ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

    कोशी प्रदेशले अतिरिक्त रूपमा पनि २२ रन पाएको थियो । कर्णाली प्रदेशका बलर दिनेश अधिकारीले चार विकेट लिए ।

    उनले आठ ओभरमा एक मेडन राख्दै केवल १८ रन खर्चिए । प्रकाश जैसीले पनि तीन विकेट हात पारे । दिवान पुनले दुई विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार