Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री कप : बागमती प्रदेशमाथि गण्डकीको रोमाञ्चक जित

    प्रधानमन्त्री कप : बागमती प्रदेशमाथि गण्डकीको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 351
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ।

    युवा ब्याटर करन पंगेनी र स्पिनर कमल परियारको उत्कृष्ट प्रदर्शनमा गण्डकीले बागमती प्रदेशमाथि रोमाञ्चक जित हात पारेको हो । जितको लागि पाएको १९९ रनको मध्यम विजयी लक्ष्य गण्डकीले ४९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो ।



    गण्डकीका करन पँगेनीले ९८ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको एक उत्कृष्ट इनिङ खेले । गण्डकीलाई ७ बलमा ४ रन चाहिँदा प्रतिश जिसीको बलमा ठूलो सट खेल्ने धुनमा करण टप एज लागेर फस्ट स्लिपमा अशोक पौडेलबाट क्याच आउट भए ।



    अन्तिम ६ बलमा जितको लागि ४ रन चाहिएको थियो । बागमतीले रिजन ढकाललाई छाडेर सबैलाई आश्चर्य पार्दै ईशान पाण्डेलाई बलिङ दिएको थियो । ईशान पाण्डेले पहिलो बलमा कृष ऐरलाई एक रन दिए ।

    दोस्रो बलमा अन्कित न्यौपानेको क्याच लङअनमा अशोक पौडेलले छाडेपछि बाँकी चार बलमा एक रन मात्रै चाहिएको थियो । तेस्रो बलमा एज लागेर थर्डम्यानमा चौका हान्दै अंकितले रोमाञ्चक जित दिलाए ।

    गण्डकीका कमल परियारले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिएका थिए । विपिन खत्रीले १० ओभरमा २ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए । अमृत गुरुङ २ र सन्दीप पराजुलीले १ विकेट लिए ।

    बागमती ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । गण्डकी ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अंकका साथ आठौं स्थानमा छ ।

    पुलिस ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ । मधेश ६ खेलमा ८ अंक्का साथ तेस्रो स्थानमा छ । आर्मी ६ खेलमा ८ अंकका साथ चौथो स्थानमा छ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार