Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रहरीले हत्कडीसहित ठमेल घुमाएका गुण्डा सानुभाइले फेरि मान्छे कुटे

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट १० हजार धरौटीमा रिहा भएका गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइविरुद्ध फेरि प्रहरीमा जाहेरी परेको छ ।

शनिबार राति ठमेलस्थित छायाँ सेन्टरको पार्किङ लटमा गुरुङसहितको समूहले एक पुरूषमाथि कुटपिट गरेपछि सानुभाइसहित ७ जनाविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ज्यान मार्ने उद्योगको कसुरमा किटानी जाहेरी परेको हो ।

कुटपिट भइरहेको सिसीटिभी फुटेज पनि सार्वजनिक भएको छ। प्रहरी वृत्त दरबारमार्गमा सानुभाइसहित ६ जनाविरूद्ध पीडितले जाहेरी दिएका छन्। प्रहरीले उनको नाम खुलाएको छैन।

कुट्ने र कुटिने समूहका व्यक्तिहरु दुवै प्लेब्वाई नामक डिस्कोबाट छाया सेन्टरसम्म पुगेका थिए । उनीहरूबीच के विषयमा विवाद भएर कुटपिट भएको भन्ने खुलेको छैन।

ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई १५ असारमा कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला प्रहरीले सानुभाइलाई हत्कडीसहित ठमेलमा घुमाएको थियो ।

क्लब ओम्नियाका सञ्चालक गुरुङलाई कुटपिट गरेपछि पक्राउ परेका सानुभाइलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाशप्रसाद पन्डितको इजलासले साउन १० गते १० हजार धरौटीमा छाड्ने आदेश दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077