Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समुदायमा कांग्रेस अभियान सञ्चालन हुँदै, आसन ग्रहण र भाषण नहुने

काठमाडौं । नेपाली कांग्रेसले 'समुदायमा कांग्रेस' अभियान औपचारिक ढाँचाका कार्यक्रम, आसन ग्रहण र भाषणविना नै गर्ने भएको छ ।

यही माघ १३ देखि २६ गतेसम्म चल्ने अभियानमा जनताको मात्रै कुरा सुन्ने भन्दै कांग्रेसले आसन र भाषणका कार्यक्रम नगर्ने भएको हो ।

अभियानमा तीनै तहका सरकारसँग जनताका अपेक्षा, सुझाव, गुनासो सुन्ने र बुझ्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । यस्ता सुझावलाई सरकारमा रहेका ठाउँमा कार्यान्वयन गर्ने र प्रतिपक्षमा रहेका ठाउँमा आवाज उठाउने पनि कांग्रेसले जनाएको छ ।

स्थानीय तहमा भएका विकास, सकारात्मक उपलब्धि र अभ्यासको अवलोकन गर्ने पनि कांग्रेसको तयारी छ । अभियानअन्तर्गत पार्टी ६ हजार ७४३ वटै वडामा पुग्नेछ । पार्टीले पहिलो चरणको अभियानमा वडाबासीसँग खुल्ला छलफल गर्ने जानकारी दिएको छ ।

यस्तै, समुदायमा पुगेर समूहगत छलफल र निर्दिष्ट भेटघाट अर्थात फोकस ग्रुप छलफल गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिको सेवा प्रवाह अवलोकन गर्ने, स्थानीय सरकार वडा कार्यालयमा भ्रमण र संवाद गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077