Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन - कर्तव्यपरायण भएर उच्च मनोबलका साथ काम गर्नू

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील रहेको बताएका छन् ।

मंगलबार सशस्त्र प्रहरी बलको २३औँ दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मानव अधिकारको उच्च सम्मान, लैंगिक हिंसामा शून्य सहनशिलता र जनमैत्री सुरक्षा निकाय अहिलेको अपरिहार्य मान्यताप्रति मन्त्रालय दृढ रहेको बताए ।

उनले गृह मन्त्रालय मातहतका सुरक्षा निकायको परिचालन, विशेषज्ञता, व्यवसायिकता तथा आवश्यकताका आधारमा गरिने नीति रहेको बताए ।

कार्यस्थलमा आफूलाई प्राप्त स्पष्ट जिम्मेवारी सम्पादन गर्दा राष्ट्र र जनताप्रति इमान्दार एवं कर्तव्यपरायण भएर उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077