Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सशस्त्रका आईजीपी अर्याल भन्छन् – सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बीओपी आवश्यक

    सशस्त्रका आईजीपी अर्याल भन्छन् – सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बीओपी आवश्यक

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 534
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका नेपालका महानिरीक्षक राजु अर्यालले थप बोर्डर आउट पोस्ट (बीओपी)हरू आवश्यक रहेको बताएका छन् ।

    मंगलबार २३औँ सशस्त्र प्रहरी दिवसका अवसरमा हलचोकमा भएको समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन बीओपीहरू आवश्यक रहेको बताएका हुन् ।



    उनले सशस्त्र प्रहरीले राज्यको सीमा रक्षार्थ बोर्डर आउट पोस्टको स्थापना गरी कार्य सञ्चालन गरिरहेको बताए ।



    राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो नहुने भन्दै उनले सीमा क्षेत्रका नागरिकको मन र विश्वास जितेर परिचालित हुन सके मात्रै प्रभावकारी हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार