Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सशस्त्रका आईजीपी अर्यालको निर्देशन – सिमानामा सुरक्षा चुस्तदुरुस्त राख्नू, विदेशी पर्यटकलाई दुःख नदिनू

    सशस्त्रका आईजीपी अर्यालको निर्देशन – सिमानामा सुरक्षा चुस्तदुरुस्त राख्नू, विदेशी पर्यटकलाई दुःख नदिनू

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तको छैटौँ स्थापना दिवसमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।



    उनले सिमानामा हुने आपराधिक गतिविधिलाई निर्मूल बनाई शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई अनुरोध गरे । उनले सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउन निर्देशन दिए ।



    प्रदेशभर खटिएका सबै सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र विपद् व्यवस्थापनमा अनुशासन भई प्रस्तुत हुन महानिरीक्षक अर्यालले निर्देशन दिए । “विदेशी पर्यटक हाम्रो पाहुना भएकाले पर्यटकलाई कुनै पनि बहानामा दुःख नदिनू,” महानिरीक्षक अर्यालले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार