Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चन्द्रमामा सफल अवतरण भएको जापानको अन्तरिक्ष यान निष्कृय

एजेन्सी । जापानले चन्द्रमामा पठाएको अन्तरिक्षयान निष्कृय भएको छ ।

मुन स्नाइपर मिसनमा चन्द्रमाको सतहमा शनिवार अवतरण भएको तीन घण्टापछि नै यो यानसँगको सम्पर्क विच्छेद भएको हो ।

द स्मार्ट ल्याण्डर नामको अन्तरिक्षयान सौर्यऊर्जामा आएको समस्याका कारण बन्द भएको बताइएको छ ।

जापानको अन्तरिक्ष एजेन्सी जाक्साले भने सूर्यको किरण सही ठाउँमा पर्‍यो भने उनीहरूको चन्द्रमा ल्यान्डर फेरि सक्रिय हुन सक्नेमा आशावादी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077