Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागू

काठमाडौं । भिजिट तथा पर्यटक भिसामा विदेश जानको लागि आजदेखि नयाँ नियम लागू भएको छ । अध्यागमन विभागका अनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्छ ।

सम्बन्धित देशको भिसा वा अनअराइभल भिसा प्राप्त हुने देश भए प्रवेशाज्ञा चाहिने र भ्रमणमा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने विभागले जनाएको छ ।

विभागका अनुसार खाडी देशभन्दा बाहिर कम्तीमा एक पटक र खाडी देशमा दुई पटक विदेश यात्राको अभिलेख भएका, न्यूनतम २ वर्षभन्दा बढी समय विदेशी देशमा बसेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरूले भिजिट भिसामार्फत यात्रा गर्न पाउनेछन् ।

त्यस्तै न्यूनतम माध्यमिक तहको औपचारिक शिक्षा वा त्यो सरहको प्राविधिक र व्यावसायिक सीप दक्षता भइ आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता विज्ञ, प्राविधिक, व्यक्तिहरू, अंग्रेजी वा गन्तव्य देशमा बोलिने अन्तर्राष्ट्रिय भाषाको राम्रो सीप भएका व्यक्ति पनि जान पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077