Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२९ हजार अवैध लाइसेन्स औपचारिक रूपमा खारेज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागले अवैध ठहराई खारेज गरेका २९ हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को खारेजीलाई स्वीकृत गरेको छ।

विभागले अवैध देखिएका २९ हजार लाइसेन्सलाई सिस्टमबाट हटाएर यसअघि नै खारेज गरिदिएको थियो । विभागले खारेज गरेको सो निर्णयलाई मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सदर गरेका हुन् ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले २९ हजार लाइसेन्स यस अघि नै सिस्टमबाट हटाइएको र सिस्टमबाट हटाईएपछि स्वतः खारेज भएको बताए ।

विभागको सो निर्णयलाई मन्त्रालयले सदर गरेपछि अवैध ठहरिएका २९ हजार लाइसेन्स औपचारिक रूपमै खारेज भएको हो। अब ती लाइसेन्सहरू विभागको सिस्टमबाट पूर्ण रूपमा हट्ने छन् ।

यस्तै, मन्त्रालयले मंगलबार नै छानबिन गर्नुपर्ने ७३ हजार लाइसेन्सको बारेमा आवश्यक भेरिफिकेसन गरि सत्य तथ्य पत्ता लगाएर यथार्थ विवरण पठाउन सम्बन्धित यातायात कार्यालयमा नै लेखी पठाउने निर्णयसमेत गरेको छ।

यातायात कार्यालयहरू प्रदेश मातहत रहेकाले केन्द्रीय तहमा मन्त्रालयबाट निर्णय गर्नुपरेको विभागका महानिर्देशक रिजालले जानकारी दिए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077