Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्लबको पार्किङ लटमा कुटपिट गर्ने सानुभाइ समूहका लामा पक्राउ

काठमाडौं । ठमेलको प्लेब्वाई क्लबको पार्किङमा कुटपिट गर्ने गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइ समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति ठमेलस्थित छायाँ सेन्टरको पार्किङ लटमा एक पुरूषमाथि कुटपिट गरेको आरोपमा प्रहरीले विश्व लामालाई पक्राउ गरेको हो।

उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । फरार रहेका सानुभाइ समेतका व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

उनीहरू विरुद्ध पीडित युवाले ज्यान मार्ने उद्योग मुद्दामा प्रहरी वृत्त दरबारमार्गमा उजुरी समेत दिएका छन्।

पीडितले कुटपिटमा संलग्न सात जनाविरुद्ध उजुरी दिएका हुन्। १ जना पक्राउ परे पनि ६ जना अझै फरार छन्।

ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई १५ असारमा कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला सानुभाइ समूहलाई प्रहरीले हत्कडीसहित ठमेलमा घुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077