Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

धनगढीमा पाँच तले घरबाट हाम्फालेर व्यवसायीले गरे आत्महत्या

धनगढी । धनगढीमा एक व्यवसायीले आफ्नै घरको पाँचौं तलामाथिबाट हाम्फालेर आत्महत्या गरेका छन्।

नयाँ बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक सन्तोष अग्रवालले आफ्नै घरको तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।

बुधबार बिहान करिब साढे ११ बजेतिर उनले हाम्फालेका हुन्। घरायसी विषयमा विवाद भएपछि हाम्फालेको बुझिएको छ।

आफ्नै घरको छतबाट हाम्फालेका अग्रवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077