Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लगातार छैटौँ दिन पनि घट्यो नेप्से

काठमाडौं । साताको छैटौँ दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। गत माघ ३ गतेदेखि नेप्से हरेक कारोबार दिनमा घटेको हो।

बुधबार बजार बन्द हुँदा नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८ मा बन्द भएको छ। बजार घट्दै गर्दा कारोबार रकम पनि घट्दै गइरहेको छ। बुधबार तीन अर्ब ८९ करोड रूपैयाँको सेयर कारोबार भएको हो।

मंगलबार चार अर्ब २९ करोड रूपैयाँको कारोबार भएको थियो। कारोबार रकम ९.३२ प्रतिशतले घटेको छ। यस दिन कारोबारमा आएको तीन सय ११ मध्ये एक सय एक कम्पनीको मूल्य बढेको छ।

एक सय ७९ वटाको मूल्य घटेको छ भने ३१ वटाको मूल्य स्थिर छ। मंगलबारदेखि लकिङ अवधि सकिएको चन्द्रागिरी हिल्सको भने सोही दिनदेखि १० प्रतिशतको दरमा मूल्य बढिरहेको छ।

सामान्यतया लकिङ पिरियड खुलेपछि संस्थापक, स्थानीय लगायतको स्वामित्वमा रहेको सेयर समेत बजारमा कारोबार हुन पाउने भएकोले आपूर्ति बढ्ने मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077