Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

पहिचान रक्षाका लागि आन्दोलनको तयारीमा छौँ : राजेन्द्र महत्तो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्य स्थापनाको लागि आन्दोलनको तयारीमा रहेको बताएका छन्।

स्वर्गीय गजेन्द्र नारायण सिंहको २२औं पुन्यतिथिको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महतोले यस्तो बताएका हुन् ।

उनले देशलाई एकल चलाइएको भन्दै बहुल राष्ट्रिय राज्य स्थापनाको लागि आन्दोलनको तयारीमा रहेको बताए। उनले नेपाल मधेसी, जनजाति, थारु, खस आर्य सबैको देश भएको अभास हुनुपर्ने बताए।

महत्तोले आफ्नो अधिकार, पहिचान, सभ्यता संस्कृतिको रक्षाका लागि उत्पीडनमा परेका सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा अन्य सहभागीहरूले स्वर्गीय नेता सिंहको सम्झना गर्दै उनको योगदानबारे चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077