Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस महामन्त्री शर्माले भने - दुईपटक प्रधानमन्त्री भइसकेकाले तेस्रोपटक बल गर्न हुन्न

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईपटक प्रधानमन्त्री भइसकेका व्यक्तिले तेस्रोपटकका लागि बल गर्न नहुने बताएका छन्।

मोरङको विराटनगरस्थित एलिट क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।

महामन्त्री शर्माले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी दिनका प्रधानमन्त्रीको शपथ ग्रहण लिनु राष्ट्रका लागि घातक हुने जिकिर गरे।

महामन्त्री शर्माले भने, ‘राष्ट्रको हितका लागि तीनवटै ठूला दलले मार्ग प्रशस्त गरिदिनुपर्‍यो। युवापुस्तालाई अवसर दिनुपर्‍यो। त्यो राष्ट्रका लागि सुखद् हुन्छ।’

तीनवटै दलका अध्यक्षले भाबी समयमा प्रधानमन्त्रीको दाबेदारी नगरे राष्ट्र समुन्नतिको बाटोमा अघि बढ्ने उनले दाबीसमेत गरे। महामन्त्री शर्माले मुलुकमा प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद मात्र चारपटक हुने व्यवस्था गर्नुपर्ने विषयमा जोड दिए।

महामन्त्री शर्माले अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे। अवस्था परिवर्तनको लागि आवश्यकताको आधारमा संविधान संशोधन गर्नुपर्ने भए त्यसमा पनि पछि हट्न नहुने उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077