Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६५ युक्रेनी युद्धबन्दी बोकेको रुसी विमान खस्यो, ७४ जनाको मृत्यु

एजेन्सी । युक्रेनसँगको सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको विमान दुर्घटना भएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो ।

सो सैन्य विमानमा चालक दलका ६ सदस्यसहित ७४ जना सवार थिए । उनीहरु सबैको मृत्यु भएको दाबी गरिएको छ ।

रुसी रक्षा मन्त्रालयले ‘इल–७६’ सैन्य विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077