Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : बागमतीको फाइनल खेल्ने संभावना कायमै

काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल पुग्ने संभावना कायम राखेको छ ।

सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै बागमतीले प्रतियोगिताको फाइनल पुग्ने संभावना कायमै राखेको हो ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि २४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३०.३ ओभरमा १५० रनमा अल आउट भयो ।

सुदूरपश्चिमका नरेन भट्ट र किरण ठगुन्नाले समान ४१ रन बनाए पनि टिमको फराकिलो हार टार्न सकेनन् ।  बागमतीका सूर्य तामाङ र विपिन आचार्यले समान ३ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनायो ।बागमतीका ओपनर आशुतोष घिरैयाले ६२ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन बनाए।

सुदूरपश्चिमका शेर मल्लले १० ओभरमा १ मेडनसहित ५५ रन खर्चेर ३ विकेट लिए । नारायण जोशीले ८ ओभरमा ६८ रन खर्चेर ३ विकेट लिए । विकाश आग्रीले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए ।

मिलन बोहराले १ विकेट लिए । ८ खेल खेलेको बागमतीको यो पाँचौं जित हो उसको १० अंक भएको छ। ६ खेल खेलेको सुदूरपश्चिमको भने यो दोस्रो हार हो।

सुदूरपश्चिमको ८ अंक छ । प्रतियोगितामा ५ खेलमा अपराजित पुलिसको १० अंक छ । १० टिम सहभागी प्रतियोगिताम राउण्ड रोबिन लिगपछि शीर्ष २ ले फाइनल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077