Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जंगली जनावरको छाला, सिङ र भरुवा बन्दुकसहित शाही पक्राउ

अछाम । अछाममा जंगली जनावरको छाला, सिङ र भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मंगलसेन नगरपालिका –१२ ठाँटीका ३१ वर्षीय टंकबहादुर शाही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई बिहीबार घरबाटै नियन्त्रणमा लिइएको हो ।

शाहीको साथबाट १० थान जनावरका सिङ, आठ थान खुरसहितका खुट्टा, टाउको सहितको दुई वटा छाला, सिसा र फलामका २–२ गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

खुट्टा, सिङ, मासु ११ किलोग्राम रहेको र डिभिजन वन कार्यालय पठाएको बताइएको छ । पक्राउ परेका शाहीलाई अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077