Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चोरीको मोटरसाइकलसहित दुर्गा पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई काठमाडौंको धुम्बाराहीबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका-१ घर भएका ३३ वर्षीय दुर्गा लामा रहेका छन् ।

बागमती प्रदेश ०२-०२९ प ९७ ९२ नम्बरको मोटरसाइकल काठमाडौंको चण्डौल स्थित कृष्णमन्दिर नजिकबाट हराएको भनि यही माघ ९ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्‍त भएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरी वैकल्पिक नम्बर प्लेट तयार गरिरहेको अवस्थामा निज लामालाई विहीबार काठमाडौँको धुम्बाराहीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरीको टोलीले लामाको साथबाट मोटरसाइकल, हेण्डल लक तोड्ने 'टी', चाबी र वैकल्पिक नम्बर प्लेटसहित फेला पारेको हो । नियन्त्रणमा लिइएका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077