Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सहायक वन अधिकृत पार्दे सात हजार घुससहित पक्राउ

काठमाडौं । सव डिभिजन वन कार्यालय राँझा बाँकेका सहायक वन अधिकृत नारायण पार्दे घुससहित पक्राउ परेका छन् ।

७ हजार घुस र स्रोत नखुलेको ४५ हजार ९ सय ७५ रुपैयाँसहित पार्देलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077