Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेश सरकारको साइकल काण्ड : प्रदेश सचिव भुसाल र सीडीई झा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले मधेश प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको अख्तियारको दाबीलाई आंशिक ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ४ दिनदेखि लगातार सुनुवाइपछि बिहीबार फैसला गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७९ साउन १८ मा तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अदालतले भुसाल र झालाई समान भ्रष्टाचार निवारण एनको दफा ८ (१) (ञ) बमोजिमको कसूरमा ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

विशेष अदालतका उपरजिष्टार धनबहादुर कार्कीका अनुसार सो मुद्दाका आरोपितहरु सहलेखापाल राजाराम मण्डल, भण्डार जिन्सी शाखा प्रमुख रामस्वार्थ महत्तो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, ओम सत्य साई प्रा.लि.वीरगन्ज, पर्सा र संस्थाका प्रबन्ध निर्देशक रेनु अग्रवालले भने सफाई पाएका छन् ।

साइकल खरिदमा सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल लेडिज साइकल आपूर्ति गरी १० करोड ३३ लाख ७५८ नोक्सान पुर्‍याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध गत गर्त साउन १८ मा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077