Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • म्याग्दीमा ग्याङफाइट हुँदा शुशिलको मृत्यु, दुई घाइते

    म्याग्दीमा ग्याङफाइट हुँदा शुशिलको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 732
    SHARES

    म्याग्दी । म्याग्दीको बेनीमा युवाहरुबीच ग्याङफाइट भएको छ । सो ग्याङफाइटमा बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको छ भने दुईजना घाइते छन् ।

    एक्कासी झगडा हुँदा खुकुरीले छातीमा प्रहार गरेपछि गर्बुजा घाइते भएका थिए । उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका म्याग्दी प्रहरीले जनाएको छ ।



    गर्वुजाको टाउको र छात्तिमा चोट लागेको थियो । दुईजना घाइतेको बेनीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।



    उनीहरुलाई ८-१० जनाको समूहले चक्कु प्रहार गरेका बताइएको छ । घटनामा संलग्नहरुको खोजी र घटनाको थप अनुसन्धान भइरहेको म्याग्दी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार