Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हिरासतबाट लागूऔषध कारोबारी भगाउने प्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौं । थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका एक जवान १६ वर्षपछि पक्राउ परेका छन् ।

लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका वीरवल राय यादवला १६ वर्षपछि पक्राउ परेका हुन् ।

हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका अशरफ आलमलाई भगाएको आरोप लागेका प्रहरीका पूर्वजवान यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको हो।

जेलबाट भगाउन यादवले त्यतिबेला अशरफसँग १ करोड रूपैयाँ मागेका थिए।

पछि १० लाखमा कुरा मिलेपछि यादवले उनलाई हिरासतबाट भगाएका थिए। भगाएपछि भने अशरफले ती प्रहरी जवानलाई ६ लाख २५ हजार रूपैयाँ मात्रै दिएको प्हरी अनुसन्धानबाट खुलेको छ ।

हिरासतबाट आरोपी भगाएपछि यादव पनि फरार भएका थिए। यादवलाई बिहीबार काकडभिट्टाबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।

रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077