Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • धोबीघाटबाट ईमेज सहकारीकी कोषाध्यक्ष सुनार पक्राउ

    धोबीघाटबाट ईमेज सहकारीकी कोषाध्यक्ष सुनार पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बागलुङको ईमेज वचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्षलाई पक्राउ गरेको छ ।

    सीआइबीले निसीखोला गाउँपालिका(३ स्थायी घर रहेकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई बिहीबार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको हो ।



    सो सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सहकारीका अध्यक्ष देवकुमार नेपाली र कोषाध्यक्ष सुनारसमेत ८ जना फरार थिए ।



    सीआइबीले कोषाध्यक्ष सुनारलाई बिहीबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको सीआइबीले जनाएको छ ।

    सो सहकारी हिनामिनामा सरिता तिमल्सेना (कँडेल) समेतले अध्यक्ष नेपालीसहित ८ जना विरुद्धको मुद्दामा बागलुङ जिल्ला अदालतले गत जेठ २४ गते नै पक्राउ पुर्जी जारी गरेको थियो ।

    मेयर नेपालीसहित सञ्चालक समितिका पदाधिकारीहरु बैशाखदेखि नै फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार