Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलसँग बेलायती कर्णेल रिचर्डको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका बेलायती सेनाका रथी तथा गोर्खा बिग्रेडका कमाण्डेन्ट रिचर्ड वार्डल ओवीइ र सहायक कर्णेल मार्क लान्क्यास्टर नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको उक्त भेटवार्तामा संयुक्त अधिराज्यका राजदूतको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा राष्ट्रपति समक्ष बेलायती प्रतिनिधि मण्डलले ब्रीज अफ गोर्खा सन् २०२३ को बार्षिक प्रतिवेदन पेस गरेको छ ।

त्यस क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले ब्रिटिस गोर्खा सैनिकहरूका बारेमा चासो व्यक्त गर्दै बेलायतले नेपालको विकास साझेदारका रूपमा नेपालको विकासमा सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077