Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सन्धि सम्झौताको कपी नष्ट गर्नेलाई राज्यद्रोहको मुद्दा लगाऔँ : सांसद श्रेष्ठ

    सन्धि सम्झौताको कपी नष्ट गर्नेलाई राज्यद्रोहको मुद्दा लगाऔँ : सांसद श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 516
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राज्यका महत्वपूर्ण दस्तावेजहरु सुरक्षित नराख्ने अधिकारीहरुलाई राज्यद्रोह सरहको मुद्दा लगाउन प्रस्ताव गरेकी छन् ।

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएकी हुन् ।



    सांसद श्रेष्ठले राज्यका महत्वपूर्ण दस्तावेजहरु नष्ट गर्ने जिम्मेवार अधिकारीहरुलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने बताईन् ।



    सांसद श्रेष्ठले भनिन्,‘हाम्रो देशको इतिहास, सन्धि सम्झौताहरु, महत्वपूर्ण कागजातहरु सबै डिस्ट्रोइ गरेपनि जरिवाना पाँच हजार रुपैयाँ ? एउटा माफियाले पैसा दिन्छु डिस्ट्रोइ गरिदेउ भनेर कसैलाई परिचालन गर्‍यो तीन हजार रुपैयाँ, पाँच हजार रुपैयाँमा छुट्ने रहेछ । तीन हजार पाँच हजारमा नेपालको सारा दस्तावेज उडाउन मिल्ने रहेछ । यो सजाय हुँदै भएन ।’

    यस्तो व्यवस्था हुँदा महत्वपूर्ण कागजातहरु सुरक्षित हुन नसकेको सांसद श्रेष्ठले बताईन् । राज्यको महत्वपूर्ण कागजात नष्ट गर्नेहरुलाई कडा सजाय गर्नुपर्ने सांसद श्रेष्ठको भनाई छ ।

    राज्यका महत्वपूर्ण कागजातहरु सुरक्षित राख्नका लागि राज्यले नै आवश्यक व्यवस्था मिलाउनुपर्ने र एक भन्दा बढी ठाउँमा अभिलेख रहने व्यवस्था मिलाउनुपर्नेमा सांसद श्रेष्ठको जोड छ ।

    कागजका साथसाथै विद्युतीय अभिलेख समेत राखिनुपर्ने उनको भनाइ छ । नेपालको इतिहासको विषय विदुतीय अखिलेखमा राखिनुपर्ने पनि उनको प्रस्ताव छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार