Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उत्कृष्ट राष्ट्र सेवक सम्मानबाट विभूषित महत भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालत काठमाडौंले मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा अधिकृत पनेरू महतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

घुस लिएको अभियोगमा उनलाई दोषी ठहर गर्दै अदालतले कैद र जरिवानाको सजायसमेत सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधिशद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलाशले पनेरूलाई शुक्रवार ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँ घुससहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । त्यसपछि विशेषमा मुद्दा दायर गरेको थियो ।

बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट घुस लिएकी थिइन् ।

​ पनेरू महत तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत उत्कृष्ट राष्ट्र सेवकको सम्मानबाट विभूषित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077