Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पर्यटन क्षेत्रको विकासका लागि पहिलो र आधारभूत सर्त नै सुरक्षा : मन्त्री किराती

    पर्यटन क्षेत्रको विकासका लागि पहिलो र आधारभूत सर्त नै सुरक्षा : मन्त्री किराती

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 435
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री सुदन किरातीले देशको आर्थिक विकासको सम्भावनाको क्षेत्र पर्यटन भएकोले पर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत सर्त नै सुरक्षा भएको बताएका छन् ।

    नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शुक्रबार आयोजित “४५औं पर्यटक प्रहरी दिवस, २०८०” समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।



    उनले पर्यटनको विकासमा सुरक्षा भएपछि मात्रै समग्र पर्यटन क्षेत्रको विकासको अनुभूति गर्न सकिने बताए । समारोहमा मन्त्री किरातीले पर्यटन क्षेत्र तथा पर्यटक प्रहरी कार्यमा विशेष योगदान पुर्‍याउने विभिन्न संघसंस्थाका व्यक्तित्वहरूलाई सम्मान-पत्र प्रदान गरे ।



    सो अवसरमा मन्त्री किरातीले पर्यटकको साथी पर्यटक प्रहरी भएको चर्चा गर्दै पर्यटकको सुरक्षाका साथसाथै देशको कानून अनुसार पर्यटकले गर्ने गतिविधि बारेमा सचेत गराउन पर्यटक प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेकोबताए ।

    पर्यटन क्षेत्रबाट रोजगारी सिर्जना गरी आर्थिक विकास गर्दै सुन्दर र सम्वृद्ध समाज निर्माण गर्न सबै आवद्ध सरोकारवाला निकायहरू अग्रसर हुनुपर्नेमा उनको जोड छ । यस्तै कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद तथा प्रशंसापत्र प्रदान गरे ।

    सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पर्यटक प्रहरीले विगत लामो समयदेखि देशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको सेवा सुविधा र गुनासो व्यवस्थापनको लागि गर्दै आएको कार्य सराहनीय रहेको चर्चा गर्दै आगामी दिनमा सेवा प्रवाहको स्तर अझ बढाउँदै लैजान यसमा आवद्ध प्रहरी कर्मचारीहरू कृतसंकल्पित रहनु पर्ने बताए ।

    अतिथि देवोः भवः को मन्त्रलाई आत्मसाथ गर्दै उच्च व्यावसायिकता र निष्ठाका साथ आगामी दिनमा समेत नेपाल प्रहरीको मात्र नभई नेपालकै ईज्जत वृद्धि गर्ने लक्ष्य सहित आफ्नो कर्म निदृष्ट गर्न पर्यटक प्रहरीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूमा उहाँले विशेष अनुरोध गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार