Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • म कुनै दाग नलागी खुशीसाथ मन्त्रालयबाट निस्किए, धेरै काम गरेको छु : सुदन किराती

    म कुनै दाग नलागी खुशीसाथ मन्त्रालयबाट निस्किए, धेरै काम गरेको छु : सुदन किराती

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले एक वर्षमा धेरै काम गरेको दाबी गरेका छन् ।

    बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले यस्तो दाबी गरेका हुन् । उनले आफूले एक वर्षमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भइसकेको बताए ।



    उनले आफू बेदाग भएर खुशीसाथ मन्त्रालयबाट निस्किएको समेत दाबी गरे । पूर्वमन्त्री किरातीले मन्त्रीको रुपमा रहँदा आफू कुनैपनि विवादमा नआएपनि विवादित बनाइएको टिप्पणी गरे ।



    उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्याविनेटका स्टन्टबाज मन्त्रीको रुपमा चिनिएका थिए । उनी स्टन्टबाजी गरेकै कारण बेलाबेला चर्चामा आउने गरेका थिए ।

    नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन बनाउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका तीन मन्त्रीलाई दोहोर्‍याएका छन् भने किरातीलाई आउट गरेका छन् ।

    अहिले किरातीले सम्हालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा हितबहादुर तामाङले पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार