Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रचण्ड क्याविनेटका ‘स्टन्टबाज’ मन्त्री किराती, बिहानै कार्यालय पुगेर ‘भुइँ पुछे’

    प्रचण्ड क्याविनेटका ‘स्टन्टबाज’ मन्त्री किराती, बिहानै कार्यालय पुगेर ‘भुइँ पुछे’

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 624
    SHARES

    काठमाडौं । अनेक ‘स्टन्टबाजी’ गरेर चर्चामा आइरहने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती फेरि चर्चामा छन् । मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेको भिडिओ सार्वजनिक भएपछि उनी यति बेला चर्चामा छन् ।

    समाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनी निलो रंगको सुट लगाएर टेबलहरू पन्छाउँदै कार्यकक्षको भुईँ पुछिरहेको देख्न सकिन्छ । शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरिरहँदा नजिकै रहेकी कर्मचारी समान सार्नमा व्यस्त थिइन् ।



    मन्त्रीलाई ती महिला कर्मचारीले सघाइरहेको भिडियोमा देखिन्छ । उनले जाडोमा चाँडो कार्यालय आउँदा रिस उठ्छ कि उठ्दैन भनेर ती महिला कर्मचारीलाई सोधिरहेको कुराकानी सुन्न सकिन्छ । कर्मचारीले गाह्रो लाग्दैन भनेर जवाफ दिन्छन् ।



    किरातीले काम देशका लागि गर्नु पर्छ भनेर हौसला दिन्छन् । उनले कर्मचारीको परिवारका बारेमा पनि सोधपुछ गर्छन् । यस्तो काम गरेको कति भयो भनेर किरातीले सोधपुछ गरेको देखिन्छ । कर्मचारी भने हाँसिरहेकी देखिन्छन् ।

    बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले अहिले फेरि चर्चामा छन् । चर्चाका लागि अनेक थरी गतिविधि गर्नमा मन्त्री किराती अग्रस्थानमा छन् । उनी अत्यन्तै सस्तो ‘पब्लिक स्टन्ट’ गरेर चर्चा बटुल्न चाहन्छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याविनेटमा स्टन्टबाज मन्त्रीको रुपमा कतिपयले बुझ्ने गरेका छन् ।

    हेर्नुहोस् भिडिओ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार