Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकोका व्यक्तिले दरखास्त दिन सक्नेछन्।

कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दस वर्षको अनुभव भएको, तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त गरेका व्यक्तिले आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

सूचना प्रकाशित भएको मितिले सात दिनभित्रमा आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077