Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • परराष्ट्रमन्त्री साउदको दाबी – नेपाल-भारतबीचको सम्बन्ध सुमधुर ढंगबाट अघि बढिरहेको छ

    परराष्ट्रमन्त्री साउदको दाबी – नेपाल-भारतबीचको सम्बन्ध सुमधुर ढंगबाट अघि बढिरहेको छ

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 357
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारतबीचको सम्बन्ध सुमधुर र अद्वितीय ढंगबाट अघि बढिरहेको बताएका छन् ।

    भारतको ७५औं गणतन्त्र दिवसका असरमा नेपाल-भारतमैत्री समाजद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले जनस्तरमा समेत प्रगाढ रहेको सम्बन्धलाई थप सुमधुर तुल्याउन विभिन्न कालखण्डमा उठेका प्रश्नलाई वार्ता र छलफलका आधारमा निष्कर्षमा पुर्‍याइने बताए ।



    दुवै देश मित्रशक्ति भएकाले मिलेर जान नसकिने कुरा सोच्न पनि नसकिने बताउँदै उनले दुवै देशका सीमाक्षेत्रमा रहेका नागरिकप्रति असल व्यवहार र संस्कार प्रदान गर्न सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई तालिम र प्रशिक्षणको खाँचो औंल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार