Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल सुरू भइसक्यो : परराष्ट्रमन्त्री साउद

    नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल सुरू भइसक्यो : परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 363
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल सुरु भइसकेको बताएका छन्।

    भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन्।



    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताए।



    परराष्ट्रमन्त्री साउदले भने,‘यो कुरा दुबै देशबीच सुरू भइसकेको छ । भर्खरै मात्र भारतका परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको सिलसिलामा पनि हामीले वार्ता र छलफलको प्रक्रियाबाट यो समस्याको समाधान गर्छौं भन्ने प्रतिवद्धता व्यक्त गरिसकेका छौँ।’

    परराष्ट्रमन्त्री साउदले सीमानाको समस्या समाधान गर्दा राजनीतिक रुपमा सहमति हुनुपर्ने बताए।

    उनले प्रशासनिक रुपमा रहेको मेकानिजम पनि क्रियाशील भइ अहिले तथ्यको आधारमा दुवै देशबीच समस्या समाधानका लागि कुटनीतिक पहल चलिरहेको बताए।

    उनले हालै भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिबद्धता भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार