Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्छ : परराष्ट्रमन्त्री साउद

    सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्छ : परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 561
    SHARES

    भैरहवा । परराष्ट्रमन्त्री एनपी साउदले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् ।

    नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं ३ रुपन्देहीले भैरहवामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन्।



    परराष्ट्रमन्त्री साउदले भने,’जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुनसक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ, तर गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ । प्रजातन्त्र रक्षाका लागि, पार्टी र राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ ।’



    उनले प्रजातन्त्र रक्षाका लागि गठबन्धनको आवश्यकता औंल्याए ।

    फरक प्रसङ्गमा मन्त्री साउदले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

    उनले भारतबाट हुनसक्ने सहयोगका लागि विभिन्न भ्रमणका बेला गम्भीररुपमा कुरा राखेको बताए ।

    उनले विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालन गर्नका लागि यसको मोडलका बारेमा चर्चा भइरहेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार