Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यी हुन् प्रदेश र जिल्लामा खटिएका कांग्रेसका शीर्ष नेताहरू (सूचीसहित)

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’का लागि जिल्ला जिल्लामा शीर्ष नेताहरूलाई खटाएको छ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सुरु भएको उक्त अभियानका लागि कांग्रेसले जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो ।

टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक हुनेछन्। टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने छन्।

कोशीमा डा शेखर कोइराला, डा नारायण खड्का र बलबहादुर के सी, मधेस प्रदेशमा र बागमती प्रदेशका ४ जिल्ला प्रकाशमान सिंह र महालक्ष्मी उपाध्याय ‘डिना’ बागमती प्रदेशमा डा मिनेन्द्र रिजाल र पुष्पा भुसाल खट्नेछन्।

यस्तै, गण्डकी प्रदेश महेन्द्र यादव र प्रदीप पौडेल, लुम्बिनी प्रदेश विमलेन्द्र निधि र डा डिला संग्रौला, कर्णाली प्रदेशमा डा.शशांक कोइराला र भिष्मराज आङ्देम्बेलाई खटाएको छ।

केन्द्रले खटाएका प्रतिनिधिहरूलाई निश्चित जिल्लाको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077