Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस पनि चीनसँग सहकार्य गर्न चाहन्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफूहरू चीनसँग सहकार्य गर्न चाहेको बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हाइयानले काठमाडौंमा आयोजना गरेको राजनितिक दलका नेताहरूसँग अन्तरक्रिया बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले चीनले विकासको क्षेत्रमा नमूना काम गरेको उल्लेख गर्दै कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताए ।

उनले कांग्रेसले चीनसँग सहकार्य गर्न चाहेको बताए । चीनको आर्थिक विकास प्रशंसा गर्न योग्य रहेको बताउँदै उनले नेपालले विकासमा सहकार्य गर्न चहेको बताए ।

नेपालमा भूकम्प जाँदा र कोभिडको समयमा चीनले गरेको सहयोग सम्झिंदै नेता कोइरालाले नेपाल-चीन सम्बन्ध पन्चशीलमा आधारित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077