Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगरसहित दुई जनाविरुद्ध पनि डिफ्युजन नोटिस जारी

काठमाडौं । पोखराको सुर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ ।

सहकारीको रकम हिनामिना अभियोग लागेका वर्तमान अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरुद्ध पनि इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।

यसअघि संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष समेत रहेका जीबी राईविरुद्ध गत शुक्रबार डिफ्युजन नोटिस जारी भएको थियो ।[insert page='270603' display='yopanipadhnuhos.php']

 

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्षसमेत रहेका जिबी राई सहित वर्तमान र पूर्वअध्यक्षविरुद्ध सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की प्रहरीले डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइदिन प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेको थियो ।

त्यसपछि प्रहरी प्रधान कार्यालयले राईविरुद्ध नोटिस जारीका लागि इन्टरपोललाई २ साताअघि मात्रै पत्राचार गरेको थियो ।

जिबी राईसहित १९ जनाविरुद्ध सहकारीको १ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077