Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राहदानी कार्यालयका कम्प्युटर इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी कार्यालयका कम्प्युटर इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी कार्यालयका तत्कालीन इन्जिनियर प्रदीप भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नियमित तरिकाले प्राप्त हुने राहदानीका लागि समेत ३४ हजार घुस लिएको देखिएकाले उनीविरूद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगले राहदानी बनाउन घुस दिने सुमी धामी भनिने सुमित्रा सापकोटाविरूद्ध पनि मुद्दा दायर गरेको छ । सापकोटाले भट्टराईलाई घुस लिन कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

उनीहरूविरूद्ध ३४ हजार विगो र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077