Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मकाउ पठाईदिन्छु भन्दै २ लाख ठगी, दरबारमार्गबाट सिग्देल पक्राउ

काठमाडौं । मकाउ पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकाउ पठाईदिन्छु भन्दै ठगी गर्ने पृथ्वी राज सिग्देललाई पक्राउ गरेको हो।

सिग्देलले वैदेशिक रोजगारीको लागि मकाउ पठाई दिने भन्दै मनिराम तिमल्सिनासँग २ लाख ७० हजार रुपैयाँ ठगी गरेर फरार भएका थिए ।

सिग्देलले मकाउ पुगेपछि प्रतिष्ठित कम्पनिमा काम लगाई दिने र मासिक १ लाख भन्दा बढी कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सिग्देलले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सिग्देललाई आज दरबारमार्गबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सिग्देललाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077