Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शिक्षा शाखा प्रमुख कोइरालालाई मेयर बालेनले सोधे स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन्।

नगर शिक्षा समितिको निर्णय नभए पनि रत्नराज्य स्कूललाई विज्ञान संकायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको पाइएपछि मेयर बालेनले कोइरालालाई ७ दिने स्पष्टीकरण सोधेका हुन् ।

सँगै मेयर बालेनले केही दिन बिदामा बस्न निर्देशनसमेत दिएका छन् । काठमाडौं नगरसमितिको बैठकमा यस विषयमा छलफल चलेपनि निर्णय भने भइनसकेको बताइएको छ ।

यसअघि बालेनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनुका साथै केही कर्मचारीलाई निलम्बन गरेका थिए।

नगर सभाबाट भएको निर्णय सच्याएर एक कर्मचारीकी छोरीलाई करारमा नियुक्ति दिन खोजेको पाइएपछि कर्मचारीहरू निलम्बनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077