Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवाहको प्रस्ताव अस्वीकार गर्दा ढुंगा प्रहार गरी मायाको हत्या

झापा । झापामा विवाहको प्रस्ताव अस्वीकार गरेपछि एक महिलाको हत्या भएको खुलेको छ ।

बिर्तामोड नगरपालिका-८ स्थित गरामनी स्थायी घर भई हालः बिर्तामोड-५ मा डेरा गरी बस्दै आएका ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईँले माया पुलामी मगरको ढुंगा प्रहार गरी हत्या गरेको खुलेको हो ।

उनलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । उनले विवाहको प्रस्ताव अस्वीकार गरेपछि अर्जुनधारा नगरपालिका-६ बस्ने ५० वर्षीया मगरको ढुंगा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रसाईँले मायालाई आफ्नै निर्माणाधीन घरको दोस्रो तलामा लगी एकपटक शारीरिक सम्बन्ध राखेको पनि खुलेको छ । त्यसको भोलिपल्ट माघ ७ गते मायासँग राति भेट्ने सल्लाह भएको थियो । सोही दिन साँझ प्रसाईँले मायालाई विवाह गर्ने प्रस्ताव राखे ।

मायाले त्यसलाई अस्वीकार गर्दै प्रसाईँको दाहिने आँखामा हातले हिर्काइन्। आँखामा चोट लागेपछि प्रसाईँले मार्ने नियत राखी सडकमा रहेको ढुंगा टिपी मायाको टाउकोमा पटक-पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

घटना भएको पाँच दिनपछि विशेष सूचनाको आधारमा प्रसाईँलाई शनिबार बिर्तामोडबाटै प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077