Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विवाहको प्रस्ताव अस्वीकार गर्दा ढुंगा प्रहार गरी मायाको हत्या

    विवाहको प्रस्ताव अस्वीकार गर्दा ढुंगा प्रहार गरी मायाको हत्या

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 1.5K
    SHARES

    झापा । झापामा विवाहको प्रस्ताव अस्वीकार गरेपछि एक महिलाको हत्या भएको खुलेको छ ।

    बिर्तामोड नगरपालिका-८ स्थित गरामनी स्थायी घर भई हालः बिर्तामोड-५ मा डेरा गरी बस्दै आएका ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईँले माया पुलामी मगरको ढुंगा प्रहार गरी हत्या गरेको खुलेको हो ।



    उनलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । उनले विवाहको प्रस्ताव अस्वीकार गरेपछि अर्जुनधारा नगरपालिका-६ बस्ने ५० वर्षीया मगरको ढुंगा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।



    प्रसाईँले मायालाई आफ्नै निर्माणाधीन घरको दोस्रो तलामा लगी एकपटक शारीरिक सम्बन्ध राखेको पनि खुलेको छ । त्यसको भोलिपल्ट माघ ७ गते मायासँग राति भेट्ने सल्लाह भएको थियो । सोही दिन साँझ प्रसाईँले मायालाई विवाह गर्ने प्रस्ताव राखे ।

    मायाले त्यसलाई अस्वीकार गर्दै प्रसाईँको दाहिने आँखामा हातले हिर्काइन्। आँखामा चोट लागेपछि प्रसाईँले मार्ने नियत राखी सडकमा रहेको ढुंगा टिपी मायाको टाउकोमा पटक-पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

    घटना भएको पाँच दिनपछि विशेष सूचनाको आधारमा प्रसाईँलाई शनिबार बिर्तामोडबाटै प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार