Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोल्ने सरस्वती पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोल्ने महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर २० बस्ने ४० वर्षीया सरस्वती खड्का रहेकी छिन् ।

उनलाई अर्काको नागरिकता प्रयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिहरुलाई चेक दिएर दुरुपयोग गरेको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी खड्काविरुद्ध बैंकिङ कसुर सजाय ऐन २०६४ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाडौंबाट अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077